मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा थियो ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा र बिक्री दर १६७ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ । सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको थियो ।
उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको थियो ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४० पैसा र बिक्री दर ८६ रुपैयाँ ७९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८१ पैसा र बिक्री दर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०१ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया