नेप्सेमा आधा घण्टामै २० अंकको वृद्धि, साढे १५ करोडको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा माघ ५ गते आइतबार बजार खुलेको आघा घण्टमा नै २० अंकको वृद्धि देखिएको छ । ३० मिनेट अवधिमा नेप्से १९.८० अंकले बढेर १ हजार ३३० अंकम पुगेको हो ।

आधा घण्टा अवधिमा १४९ कम्पनीका ४ लाख २३ हजार कित्ता शेयर १५ करोड ४९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिसम्ममा शिवम् सिमेन्टस् र हिमालयन डिष्टलरीको धेरै कारोबार भएको छ ।

आधा घण्टा अवधिमा ग्लोबल आइएमई लघुवित्त र एनएमबि माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजि इन्स्योरेन्सको ७ प्रतिशतले बढेको छ । उता नेपाल इन्स्योरेन्स, सानिमा इक्वीटी फण्ड र घोडिघोडा लघुवित्तको १ प्रतिशत बढीले घटेको छ ।

यसपछिको अवधिमा बिस्तारै नेप्से घट्दो क्रममा रहेको छ।