सान्जेन जलविद्युतले लाभांश नदिने, साधारण सभा आह्वान

0
Shares

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चैत ५ गते तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरवार ब्याक्वेट बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले गत आवबाट कुनैपनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको विद्युत उत्पादन सुरु नभएकाले लाभांश नदिएको हो ।  सभाले गत आर्थिक वर्ष २०७९–८०को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने छ ।

त्यस्तै सभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १३ गते आइतबार बुकक्लोज तोकेको छ । बुकक्लोजको अनुसार फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।