शिवश्री हाइड्रोपावरको नोक्सानीमा सुधार, विद्युत बिक्री आम्दानी पौने २५ करोड

0
Shares

शिवश्री हाइड्रोपावर लिमिटेडले दोस्रो त्रैमासमा नोक्सानीमा सुधार गरेको छ। गत आवको पुससम्म १३ करोड ५ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी चालु आवको यसै अवधिमा ८ करोड ९३ लाख ६२ हजार रुपैयाँ नोक्सानीमा छ ।

सार्वजनिक चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण कम्पनीले विद्युत विक्रीबापत २४ करोड ७६ लाख ९१ हजार आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २२ करोड ६८ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको थियो । दोस्रो त्रैमाससम्ममा बिद्युत बिक्री आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ९.२० प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको दोस्रो त्रैमाससम्ममा जगेडा कोष ९६ करोड ९१ लाख५४ हजार ऋणात्मक छ । नोक्सानीमा रहेसँगै कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १२ रुपैयाँ ११ पैसा ऋणात्मक छ । कम्पनीको प्रति सेयर नेटवर्थ ३४ रुपैयाँ ३६ पैसा छ । कम्पनीको पुससम्म ऋण दायित्व ३ अर्ब ८६ करोड ४५ लाख रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।