महिला सहयात्राको खुदनाफा एक करोड ८९ लाख


महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड ३१ लाख रुपैयाँले धेरै हो । गत आवको चैतसम्ममा संस्थाले ५८ लाख रुपैयाँ मात्र खुद गरेको थियो ।

हाल चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माइक्रो फाइनान्सको सञ्चित कोषमा २ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्सतसम्ममा २६ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ७१ करोड १८ लाख रुपैयाँ अरु बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब १३ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

माइक्रोफाइनान्सले ५ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको चैतसम्मको तुलनामा एक करोड ७४ लाख रुपैयाँ अर्थात ४४ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा माइक्रोफाइनान्सले तीन करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
हाल माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात २.१४ प्रतिशत छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५.३८ गुणा छ ।