फाइनान्सका सेयरमा लगानीकर्ता सिफ्ट, बुधबार ४ अर्ब २५ करोडको कारोबार

0
Shares

बुधबारको सेयर बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीको सेयरमा परेको छ । जसको कारण यस उपसमुहगत सूचक ६.५६ प्रतिशतले बढेर १८८९.५१ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ७ ओटा बढेको छ भने ६ ओटा घटेको छ । जसमध्ये फाइनान्स सर्वाधिक ६.५६ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, अन्यको १.०७ प्रतिशतले बढेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन घटेका छन् ।

यसअघि जलविद्युतकासेयरमा लगानीकताृको आकर्षण रहँदै आएकोमा बुधबार धितोपत्रको दोस्रो बजारमा फाइनान्स कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । जलविद्युतबाट नाफा कमाएका लगानीकर्ताले फाइनान्सको सेयरमा उक्त लगानी खन्याएका हुन् । एकपछि अर्को क्षेत्रका कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित हुनुले भोलिका दिनमा नेप्सेको बढोत्तरीलाई सघाउ पुर्याउने अनुभनी लगानीकर्ता बताउँछन् ।

नेप्से परिसूचक आज ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा पुगको छ । कारोबारमा आएका ३०२ मध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २.२७ अंक, फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।

सेयर बजारमा दिनभरमा ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार ७२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँ कायम भउको छ । अघिल्लो दिन मंगलबार ३०५ कम्पनीका १ करोड २१ लाखकित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम ४१ करोड ४४ लाख रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से ३०.५६ अंकभन्दा बढी घटेको थियो ।

बुधबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको धेरै १७ करोड १७ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको ११ करोड ६४ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । जोशी हाइड्रोपावरको १० करोड ९४ लाख ५१ हजार रुपैयाँ र नेपाल फाइनान्सको १० करोड ७० लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन नेपाल फाइनान्स कमपनी, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै समाज लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत, जोशी हाइड्रोपावर ९.९७ प्रतिशत, श्री इनभेष्टमेन्ट फाइनान्स ८.७६, समृद्धि फाइनान्स ८.५५, बेष्ट फाइनान्स ८.३९, सेन्ट्रल फाइनान्स ८.१० र नेपाल हाइड्रो डेभलोपरको ८.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बुधबार कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ५.८१% ले गुमाएका छन् । यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाईमूल्य ५.७६%, दोर्दीखोला जलविद्युत कम्पनी ५.२०%, कुथली बुखरी स्मल हाइड्रोपावरको ४.८२% र गुराँस लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।