गरिमा क्यापिटलले म्युचुअल फन्ड ल्याउने, सेबोनसँग माग्यो अनुमति

0
Shares

गरिमा क्यापिटल लिमिटेडले सामुहिक लगानी कोष योजना (म्युचुअल फन्ड) सञ्चालनमा ल्याउने भएको छ । ‘गरिमा समृद्धि योजना’ नामक म्युचुअल फन्ड बिक्रीका लागि योजना व्यवस्थापक गरिमा क्यापिटलले माघ महिना २८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने उक्त योजनाको प्रतिइकाई १० रुपैयाँ अङ्कित मूल्यको १० करोड इकाई बिक्रीमा आउने भएको हो ।

गरिमा क्यापिटलले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।