गोर्खाज फाइनान्सले बनायो सेयरधनीलाई निराश, यो वर्ष पनि लाभांश नपाउने

0
Shares

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले यस वर्ष पनि लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

पछिल्लो आठ वर्ष फाइनान्सका लगानीकर्ताले कम्पनीबाट लाभांश प्राप्त गर्न सकेका छैनन् । फाइनान्सले आव २०७१–७२ बाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस वितरण गरेयता सेयरधनीको हात खाली रहँदै आएको छ ।

फागुन २ गते बसेको सञ्चालक समितिको बैठकल लाभांश नदिने निर्णयसँगै आगामी चैत २ गते कम्पनीको २९ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । उक्त सभामा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि फागुन १८ देखि चैत २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार फागुन १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।