घलेम्दीको लिलामीमा सेयर नपाउनेले आइतबारदेखि रकम फिर्ता पाउने

0
Shares

घलेम्दी हाइड्रोपावरले लिलाम बढाबढमा बिक्री गरेको सेयर नपाउने आवेदकले फागुन ६ गते आइतबारदेखि लिलामी गर्दाको आवेदन रकम फिर्ता पाउने भएका छन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लिलामी सेयर भर्दा बाँडफाँडमा नपरेको रकम आइतबार फागुन ६ गतेदेखि फिर्ता हुनेछ । कम्पनीको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २ गते बुधबार खुला गरिएको थियो ।

कम्पनीले १ः२ अनुपातमा बिक्रीमा ल्याएको हकप्रदमा अवितरित सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो। जसमा न्यूनतम १५१ रुपैयाँ ३५ पैसा वा सोभन्दा बढी मूल्य तोकेर आवेदन दिने लगानीकर्ताले लिलामीको सेयर पाएका छन् ।

कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद सेयर हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये ७७ लाख ८२ हजार २७६ कित्ता सेयर खरिदका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।