बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ६३ पैसा र बिक्री दर २७ रुपैयाँ ७६ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया