सुनको भाउ बिहीबार ४०० रुपैयाँ घट्यो, चाँदीमा पनि गिरावट


बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । बुधबार ४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ४०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २८ दशमलव १५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फागुन २०८०, बिहीबार  १० : ४४ बजे