सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तको लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउने

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्तको लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउने भएका छन् । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले तोकेको बुकक्लोज अनुसार लाभांश पाउन आज फागुन १० गते बिहीबारसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

सिद्धार्थ प्रिमियरले फागुन ११ गते शुक्रबार तथा स्वरोजगार लघुवित्तले फागुन १३ गते आइतबार साधारण सभा प्रयोजनको लागि बुकक्लोज गर्दैछन् । सोही अनुसार बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।फागुन ११ गते शुक्रबार र र १२ गते शनिबार सेयर कारोबार हुँदैन ।

सिद्धार्थ प्रिमियरले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

यसैगरी स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दै छ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।