कामना सेवाको मोवाइल बैंकिङ सेवामा स्तरोन्नती


कामना सेवा विकास बैंकले आधुनिक र सरल मोवाइल बैंकिङ भि फाइभ सेवा मंगलबार देखि सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि पुन सञ्चालनमा ल्याएको हो ।

 

यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगइन, क्यस्आर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तरगर्न, इ सेवामा जम्मागर्न, मोवाइल टप अप गर्ने लगायतका सुविधा लिन सक्छन ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा टिम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले अन्तशाखा, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, सिआस्वा लगायतका माध्यम बाट समेत सम्पूर्ण बैंकिङ्ग प्रदान गर्दै आएको छ ।