सेयर बजार पाँच कारोबार दिनदेखि ओरालोमै, २ हजार बिन्दुमा झर्यो नेप्से

0
Shares

सेयर बजार पछिल्लो पाँच कारोबार दिनदेखि ओरालो गतिमा रहेको छ । फागुन २ गते बुधबार ५.९१ अंकले घटेर २६७६.५० बिन्दुमा रहकोमा त्यसयता निरन्तर बजारमा गिरावट जारी रहेको हो । यसबीचको पाँच कारोबार दिनमा नेप्से ७०.६५ अंकले घटेको हो ।

फागुन ३ गते बिहीबार १४.४६ अंक, ६ गते आइतबार २७.२१ अंक, ८ गते मंगलबार १.७६ अंक, ९ गते बुधबार ६.४६ अंक र फागुन १० गते बिहीबार २०.७६ अंकले घटेको हो । बिहीबार आएको नेप्सेमा १.०२ प्रतिशतको घटाइसँगै सूचक २००५.८२ बिन्दुमा झरेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.४९ अंक, फ्लोट इण्डेक्स १.४३ अंक, सेन्सेटिभ इण्डेक्स १.२२ अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ ओटा बढ्दा ११ ओटा घटेको छ । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक १.१४ प्रतिशतले बढेको हो भने फाइनान्स ०.३३ प्रतिशतले बढेको छ । जलविद्युत १.९० प्रतिशत, लगानी १.५४, होटल तथा पर्यटनमुलक १.४८, निर्जीवन बीमा १.४६ र जीवन बीमाको इन्डेक्स पनि १.०७ वप्रतिशतले घटेको छ । बाँकी एक प्रतिशतभन्दा कम प्रतिशतले घटेका छन् ।

बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ७७ हजार ८३३ ओटा संख्याबाट ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । बजार ओरालो लागेपनि अघिल्लो दिनको तुलनामा आज दैनिक कारोबार रकम ९६ करोड ४२ लाख रुपैयाँले बढेको हो । बिहीबार कारोबारमा आएका ३०९ कम्पनी मध्ये ६८ ओटाको सेयर मूल्य बढेको छ भने २२७ ओटाको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । दोस्रो बजारमा सूचीकृत भएयता हरेक दिनजसो कम्पनीको उच्च कारोबार हुँदै आएको छ । बिहीबार पनि हिमालयन रिको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै गोर्खाज फाइनान्सको १४ करोड १ लाख, जोशी हाइड्रोपावर ८ करोड ९३ लाख, एनआईसी एशियाको ८ करोड९३ लाख, ङादी ग्रुप पावरको ६ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबारको बजारमा पनि समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै समाज लघुवित्तको २१७६ रुपैयाँ ३० पैसा पुगेको छ । २ करोड २८ लाख चुक्ता पुँजी तथा सर्वसाधारणमा जम्मा ८६ हजार कित्ता सेयर जारी गरेको कम्पनीमा एक दुई जनाले सबै सेयर किन्नसक्ने भएकाले वार्षिक करिब १५ रुपैयाँ नोक्सानीमा रहेपनि कम्पनीको सेयरमूल्य अत्याधिक उचालिएको छ । यस लघुवित्तको सेयरमा पम्पिङ्ग गरिएकाले मूल्य घट्न थालेपछि उच्चतम मूल्यमा खरिद गर्ने लगानीकर्ता नराम्रोस्ँग फस्ने जोखिम देखिएको छ ।

त्यस्तै जोशी हाइड्रोपावरको ९.८७ प्रतिशत, सामलिङ्ग पावरको ९.८५ प्रतिशत, बोटलर्स नेपालको ८.२४ तथा बोटलर्स नेपाल तराइको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ ।

उता हिमालयन उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.६० प्रतिशत घटेर प्रतिकित्ता ३१० रुपैयाँमा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरको ६.६७, पिपुल्स हाइड्रोपावरको ६.२६, अपर स्याङ्गे हाइड्रोपावरको ५.१३ र रावा इनर्जीको सेयर मूल्य ५.०८ प्रतिशतले घटेको छ ।
बिहीबारको बजार घटाईपछि कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ५३ अर्ब रुपैयाँमा समेटिएको छ । बुधबार बजार पुँजीकरण ३१ खर्ब ८५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ थियो । बिहीबार मात्रै ३२ अर्ब ६३ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।