नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)


नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १\१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो।

त्यस्तै प्राधिकरणले विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो। प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ। इच्छुक नागरिकले चैत १ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन अनलाइनमार्फत दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।