सन सेक्युरिटिजको “सन विथ कम्युनिटी” कार्यक्रमको थालनी

0
Shares

सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. १ सँगको सहकार्यमा “सन विथ कम्युनिटी” कार्यक्रमको सुरुवात गरेको छ । सन सेक्युरिटिजले हरेक महिनाको दोस्रो शुक्रबार यस्तो कार्यक्रम सञ्चालन गर्ने छ ।

सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौं महानगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिजले स्थानीय बासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ । 

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नम्बर १ का सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा उक्त वडाभित्र वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले सन सेक्युरिटिजले समुदायलाई लाभ हुने गरी सञ्चालन गरेको यस प्रकारको कार्यक्रमबाट वडाबासीहरु लाभान्वित हुने बताए । साथै सेयर बजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिजले उक्त वडाभित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दै गर्दा यसको लाभ सम्पूर्ण १ नम्बर. वडाका बासिन्दाहरुले पाउन सकोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको सुरुवात गरिएको बताए । यसबाहेक पनि सम्पूर्ण वडा नम्बर १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समयभित्र आई सेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।