आइतबार कुन विदेशी मुद्राको भाउ कति ?


आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९४ पैसा र बिक्री दर ८७ रुपैयाँ ३३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै, आइतबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा र बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।
 

प्रकाशित मिति: १३ फागुन २०८०, आइतबार  ०७ : १७ बजे