साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेको हो।
आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार गरिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३५ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया