उपसभामुख तुम्बाहाङ्फेद्धारा राजीनामा, अर्को बैठक ४ बजे बस्ने

0
Shares

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले राजीनामा घोषणा गरेकी हुन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले राजीमा दिएको बताइन्। सम्बोधनमा उनले अन्यौलपूर्ण अवस्थामा उपसभामुखले पनि राजीनामा दिनु उचित भएकाले ठोस आधारमा सिर्जना भएपछि आफुले मार्गप्रसस्त गरेको बताइन्।
उनले संवैधानीयक ओहोदामा दलबाट सिफारिस भएर जिम्मेवारी प्रा्रप्त हुने भएपनि दलको भन्दा संबैधानिक र कानूनी प्रबन्धहरुबाट निर्देशशित भईकार्य गर्नुपर्ने र आफुले पनि सोही अनुसार इमान्दारिताका साथ कतव्य पालना गरेको बताइन्।

संसदको ठुलो दलले सभामुखमा दाबा गरेकाले आफुले सहजीकरण गर्न लागेको उनले बताइन् । एउटा महिला र त्यसमाथि पनि एकल अवस्थामा रहेको तथा जनजाति पृष्ठभूमिबाट आएको व्यक्तिले सार्वभौम र गरिमामय अङ्गको दुई वर्ष नेतृत्व गर्न पाएकोमा महत्वपूर्ण अवसर पाएको भन्दै लोकतान्त्रिक प्रणाली र राजनैतीक दललाई श्रेय जाने बताएका छन्।

उनले न्यायपूर्ण र समृद्ध समाज निमार्णका गर्ने अभियानमा आफू भिन्न, अविभलित र अविश्रान्त रुपमा लाग्ने भन्दै आफ्नो कर्तव्य पालनामा सहयोग गर्ने सांसद र सचिवालयलाई धन्यवाद दिएकी छिन्।

उनले प्रतिनिधिको सभाको अर्को बैठक माघ ६ गते नै दिउँसो ४ बजे आह्वान गरेर पहिलो बैठक समापन गरेकी छिन्।

पूर्ण सम्बोधन हेर्नका लागि यस लिङ्कमा जानुहोस्…..