श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको माग


श्रमजीवी–पत्रकार सङ्घ, नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको माग गरेको छ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गरी श्रमजीवी पत्रकारको पारिश्रमिक प्रत्येक २\२ वर्षमा वृद्धि गर्ने कानुनी मान्यता भए पनि विगत ६ वर्षदेखि वृद्धि नभएको भन्दै पारिश्रमिक वृद्धिको माग गरेको हो ।

गत जेठमा पारिश्रमिक वृद्धिको सिफारिस भए पनि मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित हुनुपर्नेमा मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिमा राखिएको सङ्घले बताएको छ ।

सङ्घले पारिश्रमिक वृद्धिलगायत साना तथा स्वरोजगार ‘मिडिया’को संवद्र्धन र संरक्षणका लागि ‘अनलाइन, मल्टिमिडिया’ र छापा माध्यामका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने एवं स्थानीयको विज्ञापन स्थानीय मिडियालाई प्राथमिकतामा पार्नुपर्ने, बिनाधितो र बिनाब्याज रु पाँच करोडसम्म ऋण दिने व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ फागुन २०८०, सोमबार  ०६ : ३३ बजे