नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत गणपुरक संख्या पुर्याइ फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले यसअघि पनि सभा बोलाए पनि सभा सञ्चालन गर्नको लागि गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरेको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसाग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने छ ।
यस्तै सभाले आर्थिक वर्ष २०८०\०८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । २७औं वार्षिक साधारणसभा प्रयोजनका कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको थियो ।
जसअनुसार मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ३ कार्य दिन भित्र दाखिल खारेज तथा नामसारीका लागि प्राप्त शेयरहरूबाट कायम रहेका शेयरधनी मात्र वार्षिक सभामा भाग लिन पाउने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया