सेञ्चुरी ऋण अनियमितता प्रकरणः पूर्व सीईओ गौतम पनि पक्राउ

0
Shares

पुजा मार्केटिङ्ग नाममा प्रवाह गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋण अनियमितता आरोपमा सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि समातिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (हाल प्रभु बैंकका डेपुटी सीईओ) मनोज न्यौपाने, पूर्वसीईओ गौतम सहित १० जनालाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउन गरेको हो ।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समय अघिदेखि सीआईबीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो। उनीहरुलाई बैकिङ्ग कसुरमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दिपेश प्रधान, राजेश भण्डारी, रमण श्रेष्ठ, दिलिप बराल, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत समेत रहेका छन् ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।