नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र निजी क्षेत्रको सहकार्य’सम्बन्धी अन्तक्र्रियामा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार तथा निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी भएमा सोचेअनुसार विकास र समृद्धि कायम हुने बताए ।
उनले देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गरे । बूढीगङ्गा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी हुन नसक्दा सरकारले निर्माण गरेका संरचना प्रयोगविहीन अवस्थामा रहेका बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेल, महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ र कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी सङ्घका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले उद्योग व्यवसायमा आइपर्ने समस्या सरकारले समाधान गर्नुपर्ने सुझाव दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया