कुमारी बैंकले साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता सेयर बिक्री खुला भएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ६ लाख ४१ हजार २८४ संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो चरणमा बिक्रीका लागि प्राथमिकता दिइएको छ । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कानुनी प्रावधान बमोजिम अन्य व्यक्ति तथा संस्थालाई एक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।