महाशिवरात्रिको अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ ।
उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित समेत गरेको हो ।
यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ ।
यस्तै, कम्पनीले जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्ने कम्पनीका सचिवले बताए ।
साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बत्ताए । सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया