पिपुल्स पावरले पायो हकप्रद सेयर निष्काशन गर्न आयोगको अनुमति


पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ। विद्युत नियमन आयोगले फागुन १५ गते कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न आयोगसँग मंङ्सिर १९ गते अनुमति मागेको थियो।  कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त हकप्रद सेयरको निष्काशन प्रकृया अगाडि बढ्नेछ ।

कम्पनीले कोशी प्रदेशको इलाम जिल्ला स्थित पुवा–२ मा ४.९६ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरी २०७९ मङ्सिर १२ देखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।