रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए।

बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन्। साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजिकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार बिहान ८ बजे वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।