सोनापुर मिनरल्स एण्ड आयलको सेयरको लकईन अवधि समाप्ती हुँदै

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सामूहिक लगानी कोषहरुको लागि छुट्टयाईएको साधारण सेयरको लकईन अवधि आगामी चैत २३ गते समाप्त हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डको मिति २०८० कार्तिक २० गतेको निर्देशन अनुसार कम्पनीले सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिएको साधारण सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिनासम्म लकईन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्टाएको सेयरको ५ प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको थियो । सो सेयरमध्ये बिक्री नभई बाँकी रहेको ४ लाख २ हजार १९ कित्ता सेयर लकईन राखिएको थियो । उक्त सेयरहरुको चैत २३ गते लकईन अवधि समाप्त हुने भएको कम्पनीले जनाएको छ ।

सोनापुर मिनरल्सले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजारको ४० प्रतिशतले हुन आउने कूल १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ २०८० असोज २४ गते बाँडफाँड गरेको थियो ।

धितोपत्रको दोस्रो बजारमा फागुन २१ गते सोमबार सोनापुरको साधारण सेयर प्रतिकित्ता ४९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।