आइसिएफसि फाइनान्सको नगद लाभांश वितरण

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको गत पुस २९ गते सम्पन्न भएको २० औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त लाभांश साधारण सभा सम्पन्न भएको दिनदेखि नै कम्पनीले सम्बन्धित सेयरधनीहरूले हितग्राही खातामा उल्लेखित बैंक खातामै नगद लाभांश वितरण गरेको जनाएको छ ।

फाइनान्सले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधि गराई नगद लाभांश प्राप्त गर्न आग्रह गरेको हो ।

कम्पनीले पुस १२ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका सेयरधनीहरूले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र फाइनान्सको नगद लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।