नयाँ गठबन्धनको भागबन्डा मिलेपछि १७ मन्त्रीको कार्यविभाजन, ५ बजे शपथ

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।

नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिसका प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ बजे शपथ हुने भएको छ । सपथका लागि प्रधानमन्त्रीको सचिवालयले खबर गरेको छ । दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो। एमालेबाट रघुवी महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् । एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ । माओवादीबाट हितबहादुर तामाङ बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन् ।

नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। यस्तै नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री सहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी पनि गठबन्धनमा छन् । तर उनीहरुले मन्त्रीहरूको नाम दिइसकेको छैनन् ।

नेकपा (एकीकृत समाजवादी)ले दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन्। जसपालाई दुई मन्त्रालय दिने सहमति भएपनि तीन मन्त्रालयको अडानका कारण मन्त्रीको नाम दिएको छैन ।

मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री

हरि उप्रेती, रक्षा मन्त्री

भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

ज्वालाकुमारी साह, कृषि मन्त्री

बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारीमन्त्री

माओवादी

नरायणकाजी श्रेष्ठ-उपप्रधान तथा परराष्ट्र मन्त्री

वर्षमान पुन- अर्थमन्त्री

शक्ति बस्नेत- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधि मन्त्री

हितबहादुर तामाङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

रास्वपा

रवि लामिछाने- उपप्रधान तथा गृहमन्त्री

डीपी अर्याल- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुदमन्त्री

सुमना श्रेष्ठ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।