सर्वोत्तमको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुँदै, कतिले हात पार्छन् सेयर ?

0
Shares

सर्वोत्तम सिमेन्टको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बिहान १० बजे बाँडफाँड हुने भएको छ ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको कम्पनीको आईपीओ फागुन २५ गते शुक्रबार एक औपचारिक कार्यक्रम मार्फत बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो । क्यापिटलले गत आइबार नै आईपीओको आइतबार प्रि–अलटमेन्ट गरिसकेको छ ।
सर्वोत्तमको आईपीओमा उच्च आवेदन परेपनि गोलाप्रथाबाट ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयरको बिक्री खुला भएकोमा न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँड हुने सेयर बाँकी रहेको २६ कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता पाउनेमध्ये २६ जनाले थप १–१ कित्ता गरी ५१ कित्ता बाँडफाँड हुनेछ ।

सर्वोत्तमको आईपीओमा १० लाख १५ हजारभन्दा धेरैले आवेदन दिएका छन् । आईपीओमा आवेदन दिएका लगानीकर्ताको १९ अर्ब ४० करोड ८४ लाख रुपैयाँ आवेदकको बैंक खातामै रोक्का छ ।

कम्पनीले बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले फागुन १३ देखि १६ गचेसम्म सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।