शुक्रबार यी क्षेत्रमा सवारी चलाउन नपाइने, यसरी हुँदैछ पशुपतिको ट्राफिक व्यवस्थापन


महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरेको छ। शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने प्रहरीले जनाएको छ।

शुक्रबार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिनेछ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिनेछ। गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन्।

 

१.आबश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु –

 – चावहिलबाट गौशालातर्फ ।
– पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।
– ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
– द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।
– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
– तिलगंगाबाट गौशालातर्फ ।
– मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

२. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
– कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
– कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
– महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३. पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
– सिफल चौर (दर्शानार्थीहरुको)
– कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
-भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
– वनकाली ९शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु०
– गुहेश्‍वरी पारी९तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु०

४. जनशक्ती परिचालन
– महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
– प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
– यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।