यी स्थानबाट हेर्नुहोस् सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको नतिजा

0
Shares

नेपालको मर्चेण्ट बैंकिङ्ग ईतिहासमा बुक विल्डिङ्ग विधि मार्फत पहिलोपटक निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको सर्वसाधारणतर्फको आईपीओमा आवेदन दिएका ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ता सेयर हात पारेका छन् ।

सर्वोत्तमको आईपीओमा कुल ९ लाख ६० हजार ३०१ ओटा आवेदन परेकोमा १ हजार ४३२ ओटा रद्द भई ९ लाख ५८ हजार ९५९ जना आवेदकलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । सोमध्ये ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ताका दरले २७ लाख ७६ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसरी बाँडफाँड गरी बाँकी रहेको २६ कित्ता सेयर भने ५० कित्ता सेयर पाउनेमध्ये ६० कित्तादेखि ५ हजार कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये बाँडफाँडमा पर्न सफल २६ जना लगानीकर्तालाई थप एक (१) कित्ताका दरले गरी २६ जनालाई कुल ५१ कित्ता बाँडफाँड गरिएको हो ।

आईपीओ आवेदन गरेर सेयर पाउन योग्य ९ लाख ५८ हजार ९५९ जनामध्ये ९ लाख ३ हजार ४३८ जनाको हात भने खाली भएको छ । यो सेयर पाउन योग्य संख्याको ९४.२१ प्रतिशत बराबर हो । कुल १८ जनामध्ये एक जना अर्थात ५.७९ प्रतिशत आवेदकले मात्र सेयर हात पारेका छन् ।

उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको वेवसाइट, सह–निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको वेवसाइट र सह–निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेवसाइट तथा निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्ट लिमिटेडको वेवसाइट सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेवसाइट मार्फत समेत हेर्न सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।