सुन रेकर्ड मूल्यबाट घटेन, मंगलबार पनि स्थिर


आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा १ हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुन भाउ त्यसपछि घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँँदीको मूल्य भने मंगलबार प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।