छापावाला सुनको मूल्य रेकर्ड मूल्यबाट ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको हो । गत फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ २८ र २९ गते स्थिर रहेको थियो ।
बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार चाँँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चाँदी १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५७ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया