एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई २५ हजार आर्थिक सहयोग

0
Shares

एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने २५ हजार मानव सेवा आश्रममा सहयोग गरेको हो । एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ ।

मनवसेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ । यस पुण्य कार्यको यात्रामा सहकार्य गर्न आर्थिक सहयोग गरेको एक्सप्रेस सेवाले बताएको छ । आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने कम्पनीको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।