नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा बस्याल

0
Shares

‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएर बनेको उक्त संस्थामा साबिक नेरुडे लघुवित्तको सीईओ बस्याल नियुक्त भएका हुन् ।

कम्पनीको चैत्र २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । फागुन ३० गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

यसैगरी सञ्चालक समूहको अध्यक्षमा सन्तोष फुयाँल तथा संस्थापक सञ्चालकतर्फ मणि कुमार अर्ज्याल, दिप बहादुर श्रेष्ठ र सुरेन्द्रराज भट्टराई तथा सर्वसाधारणतर्फ सुधिर कुमार श्रेष्ठ र सन्जु घिमिरे नियुक्त भएका छन् ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहने भएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेका दुई कम्पनीहरू एक आपसमा मर्जरपछि एकीकृत कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ नाघेकाे छ । एकीकृत संस्थाको जगेडा कोषको आकार एक अर्ब नाघेको छ भने रिटेर्न अर्निङ्गमा १ करोड ४ लाख सञ्चित छ । एकीकृत संस्थाको कुल निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब नाघेको छ । यस्तै शाखा सञ्जाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख र कर्मचारी संख्या १ हजार ३०० पुगेको छ । मिर्मिरे लघुवित्तसंग यसअघि स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त बिलय भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।