बसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागू पूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।
स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । यसै दिनदेखि काठमाडौँवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ ।
तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । “चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उनी भन्छन्, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।” होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया