लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको स्थानीय समाचार सेवा लेबनान न्युजले आइतबार बताएको छ ।
घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको उक्त न्युजले जनाएको छ । “करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल जलाइएको छ”, रिपोर्टमा भनिएको छ ।
अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो ।
लेबनानी सुरक्षा स्रोतहरूका अनुसार हिजबुल्लाह र इजराइलबीचको टकरावमा लेबनानी पक्षका तीन सय ६२ मानिस मारिएका छन् । तीमध्ये दुई सय ३८ हिजबुल्लाहका सदस्य र ७२ सर्वसाधारण रहेको बताइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया