जनउत्थान सामुदायिक लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज


जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चैत ३० गते शुक्रवार, होटल न्यू ईरा, बुटवल उप–महानगरपालिका वडा नम्वर ०९, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले २०७९\०८०को वार्षिक प्रतिवेदन, २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९\०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण र सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित उपर छलफल गरी पारित गर्ने कार्यसूची छ ।

यस्तै, सभाले संस्थापक शेयधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने छ ।

१३औं वार्षिक साधारण सभा प्रयोजनको लागि चैत २२ गते बुक क्लोज हुने छ । जसअनुसार, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत २१ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ चैत २०८०, सोमबार  १० : ५० बजे