चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ८३ अर्ब १५ करोड ५३ लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ ।
चालु आर्थिक वर्ष (२०८०\८१) को पहिला आठ महिनाको अवधिमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन) आयातमा उक्त रकम बाहिरिएको हो । जसवापत सरकारलाई ६८ अर्ब ६२ करोड ७३ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएकोे छ ।
भन्सार विभागका अनुसार आठ महिनामा ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ बराबरको ८ लाख ४३ हजार १७० किलो लिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३४ अर्ब २४ करोड ४ लाख ६१ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको शिर्ष स्थानमा डिजेल पर्ने गरेको छ ।
यस्तै, चालु आवको आठ महिनामा ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ५० हजार ५१ किलो लिटर पेट्रोल आयात भएको छ । जसवापत सरकारलाई २५ अर्ब ७३ करोड ९० लाख २६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
यसैगरी, हवाई इन्धनमा १३ अर्ब ७५ करोड २१ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ । गत आठ महिनाको अवधिमा १ लाख २७ हजार ४७८ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई १ अर्ब ९५ करोड ५३ लाख ७२ हजार राजस्व आएको छ ।
यता, एलपी ग्यासमा ३५ अर्ब ८७ करोड ७१ लाख १२ हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । आठ महिनामा ३४ करोड ७२ लाख ३८ हजार ९२२ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ६ अर्ब ६९ करोड २५ लाख २७ हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ ।
भन्सार विभागका अनुसार फागुन महिनासम्ममा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ भने १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया