सानिमा माई हाइड्रोको नाफामा समान्य सुधार


सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफामा समान्य सुधार गरेको छ । कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.५५ प्रतिशतले बमात्र धेरै हो ।
गत वर्षको यसै अवधिमा हाइड्रोले २० करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । हाल चुक्ता पूँजी २ अर्ब ३२ करोड रहेको हाइड्रोपावरको जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

तेस्रो त्रैमाससम्म हाइड्रोले विद्युत विक्री मार्फत् ६० करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ६.३३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले विद्युत विक्रीबाट ५६ करोड ६९ लाख आम्दानी गरेको थियो ।

अन्य स्रोतबाट ४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधि सम्म हाइड्रोको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९७ पैसा छ ।