मैलुङखोला जलविद्युतको धितोपत्रको कारोबार फुकुवा

0
Shares

मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको धितोपत्रको कारोबार फुकुवा गरिएको छ । लाभांश सम्बन्धि निर्णय समयमा नै जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै धितोपत्रको कारोबार रोक्का गरेको थियो ।

नेप्सेको सूचीकरण शाखामा कार्यरत सहायक प्रबन्धक सरिता पाण्डेयका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न कम्पनी तथा कम्पनीको सञ्चालक समितिलाई समेत सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार चैत १२ गतेको निर्णयानुसार फुकुवा गरिएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले सो कम्पनीलाई कारण सहितको स्पष्टिकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

सोही बमोजिम कम्पनीले चैत ९ गते नेप्से समक्ष नस्टमा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता पत्र मार्फत व्यक्त गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।