मिथिला लघुवित्तको नाफा एक करोड ४० लाख


 

मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४० लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७८.४५ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले ७८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको नाफा वढेसंगै प्रतिशेयर आम्दानी पनि करिब दोब्बरले वढेको छ । हाल २८ रुपैयाँ ३० पैसा प्रति सेययर आम्दानी रहेको लघुवित्तको गत वर्ष लघुवित्तले १५ रुपैयाँ ८६ पैसा प्रतिशेयर आम्दानी गरेको थियो ।

हाल लघुवित्तको सञ्चित कोषमा १६४.६८ प्रतिशतले सुधार गर्दै ३ करोड ९५ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले २२ करोड ५४ लाख निक्षेप संकलन र ५२ करोड ४७ लाख सापटीबाट ८४ करोड ३१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

चैत मसान्तसम्म लघुवित्तले ४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.७६ प्रतिशतले बढी हो । गत वर्ष लुवित्तले ३ करोड २६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.६५ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८९ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १७.१४ गुणा बढी छ ।