चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि सकिँदै

0
Shares

चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिने भएको छ । हाल कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता सेयर लक इनमा छ ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो । अवधि सकिएको ६ महीना सकिने भएसँगै उक्त सेयरको लकइन सकिने भएको हो ।

यसअघि २०८० मंसिर २५ गते नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषका लागि आरक्षणमा पाएको सेयर सर्वसाधारणमा बाँडफाँड भएको ६ महीनासम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँड गरिएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको घट्टेकुलोमा छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

कम्पनीको सेयर रजिस्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।