निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन

0
Shares


आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको गत शुक्रबार सम्पन्न ४० औं साधारणसभाबाट सुनिलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । संघद्वारा जारी विज्ञप्ति अनुसार अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल छन् । त्यसैगरी, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिमा चारजना सदस्य मनोनीत हुने व्यवस्था छ । निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ ।