आइतबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५७ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ ।
आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०१ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया