प्रभु इन्स्योरेन्सले बोनस पारित गर्न डाक्यो साधारण सभा


प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले प्रभु इन्स्योरेन्स लिमिटेडको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने, काठमाण्डौमा वैशाख २० गते बिहिबार विहान १० बजे सभा बोलाएको हो ।

कम्पनीको हालको चुक्तापुँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैंया बराबरको ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८० आसार मसान्तको वासलात तथा आ.व. २०७९\०८० को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारीत गर्ने छ ।

उस्तै सभाले आ.व. २०८०\०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण सम्बन्धमा पनि छलफल हुने छ । कम्पनीले साधारणसभा तथा निर्वाचन प्रयोजनको लागि वैशाख ७ गते शुक्रवार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार बैशाख ६ बिहीवारसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार  ०८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।