खेल मैदान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

डोल्पाको सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

ठूलीभेरी नगरपालिका–३ दुनैमा खेलकुद मैदान निर्माणको लागि प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा आचार्यसहित सव–इन्जिनियर मोती प्रसाद बुढा, कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीलाई प्रतिवादी बनाइएको छ ।

फिल्डमा भएको कामभन्दा ९ लाख ९३ हजार ९४० रुपैयाँ बढीको बिल भरपाई बनाई अनियमितता गरेको आयोगले जनाएको छ । अख्तियारले पाँचै जनालाई ९ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेका हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।