संसदीय सुनुवाइ समितिबाट महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

0
Shares

संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन गरेको हो । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

यसअघि रायले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । अर्थसचिव हुनुअघि राय वाणिज्य सचिव थिए । उनीसँग जिल्ला प्रशासन अधिकारी, भन्सार बिभागको महानिर्देशकको अनुभव छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।